कोहलपुर नगरपालिकाको १२औं स्थापना दिवस भव्य रूपमा सम्पन्न!
स्थानीय
समायोजन र स्थायीत्वका मागसहित प्राध्यापक संघको कार्यक्रम सम्पन्न!

प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर ईकाइ समितीको आयोजना केन्द्रिय सचिव विस्णु प्रसाद पोख्रेलज्युको प्रमुख आतिथ्यता तथा सन्तकुमार बर्माज्युको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले मध्यपश्चिम विश्वविद्यालयमा पछिल्लो समयमा भएका गतिविधिको बारेमा चासो व्यक्त गरे । उनले विश्वविद्यालयमा देखापरेका समस्याहरु तत्काल सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए । उनले भने विश्वविद्यालयले सबै समस्याको समाधान गर्नु पर्ने वताए । माग र समस्याप्र्ति प्रजातन्त्रवादी प्राध्यापक संघ केन्द्रिय कार्यसमिति निकै चनाखो रहेको वताए । कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ बबई बहुमुखी क्याम्पसका सभापति सन्तकुमार बर्माले समायोजन देखिका समस्या हालसम्म पनि समधान हुन नसक्नु दुःखद् भएको विचार व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं प्रजातन्त्रवादी प्राध्यापक संघ इकाई सभापति एकराज शर्माले पब्लिक क्याम्पस हुँदै आंगीक क्याम्पस समायोजन हुंदा देखि कार्यरत आंशिक प्राध्यापक विगत १५/१६ वर्ष देखि कार्यरत भएको तर विश्वविद्यालयले पुर्णकालिन बनाउन पहल नगरेको, समायोजनको क्रममा समायोजन हुन बांही अस्थायी प्राध्यापकको हकमा विश्वविद्यालयको आठौ सिनेट सभाले पारित नियमावलीमा उल्लेखीत एकपटकका लागि विशेष आन्तरिक प्रक्रियाबाट स्थायी गर्ने निर्णयको हाल सम्मपनि स्थायी प्रक्रिया अगाडी नबढाएको, समायोजनको क्रममा घटुवा प्राध्यापक तथा कर्मचारीहरु लाई सोही पदमा बढुवा गर्ने कार्य अगाडी नबढाएको, विश्वविद्यालयले हालै गरेको निर्णय डेढ घन्टे पिरियड्ले आंशिक प्राध्यापकहरुको जागिर जाने खालको निर्णय भएको, ग्रेड तथा दुर्गम भत्ता लगायत प्राध्यापक कर्मचारीहरुको स्तर वृद्धि लगायतका मुख्य एजेन्डामा समस्या रहेको जानकारी गराउदै संघले निभाउनु पर्ने जिम्मेवारी निभाउन अनुरोध गरे ।
उनले विश्वविद्यालयका पदाधिकारीहरु यसतर्फ चासो दिएर निमम सम्बद्द कार्यहरु तत्काल गर्न संघले ध्यानाकर्षण गर्नु पर्ने वताए । कार्यक्रममा क्याम्पसमा केन्द्रिय सचिव पोख्रेलबाट प्राध्यापन गर्न नियुक्त नवनियुक्त प्राध्यापकहरु टिकाराम न्यौपाने समाजशास्त्र, दक्षिणा चन्द अंग्रेजी शिक्षा, खडक बहादुर वलि अंग्रेजी शिक्षा, राजन लडेल विज्ञान र अच्युत शर्मा विज्ञान लाई खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा पुर्व क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारी, कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मी, प्रशासकीय अधिकृत वेदराज लम्साल, उप प्राध्यापक छविराज शर्मा लगायत प्राध्यापक कर्मचारीको उपस्थित भएको थियो । कार्यक्रम प्राध्यापक संघका उपसभापति एवम् कार्यसमिति सदस्य मीन बहादुर के सि ले सहजीकरण कार्यक्रमको सभापति एकाइ सभापति एकराज शर्माले गरेका थिए ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!