स्थानीय

कोहलपुरमा ‘न्यु प्रवेश ज्वैलर्स’ को भव्य उद्घाटन, व्यवसायिक पारदर्शिता र विश्वासमा जोड!

Samayapati

 कोहलपुरमा ‘न्यु प्रवेश ज्वैलर्स’ को भव्य उद्घाटन समारोह आज सम्पन्न भएको छ।

कार्यक्रम कोहलपुर नगरपालिका–११ स्थित नयाँ पसल परिसरमा अध्यक्ष प्रवेश सुनारको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथि कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप भट्टराईले रिबन काटेर औपचारिक रूपमा पसलको उद्घाटन गरेका थिए।  उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि भट्टराईले  “कोहलपुरको बजारमा प्रतिस्पर्धा बढ्दो छ। यस्तो अवस्थामा इमानदारी, ग्राहक सेवा, गुणस्तर र पारदर्शिता नै व्यवसायको दीर्घकालीन सफलता हो। ‘न्यु प्रवेश ज्वैलर्स’ ले त्यो मूल्य अपनाएर अघि बढ्नेछ भन्ने अपेक्षा लिएको बताउदै ” उनले थपे, “स्थानीय व्यवसायीहरूले यस्तो लगानी गरेर बजारलाई थप उर्जा दिएका छन्, जुन सराहनीय भएको बताएका छन।

” बिशिष्ट अतिथि  नेपाल सुनचाँदी रत्न आभूषण लुम्बिनी प्रदेशका अध्यक्ष देवीलाल बिकले भने, “सुनचाँदी व्यवसायमा विश्वासकै भरमा कारोबार चल्छ। ग्राहकले जुन गहना किन्छ, त्यो शुद्ध र पारदर्शी हुनु जरुरी हुन्छ। ‘न्यु प्रवेश ज्वैलर्स’ ले यसलाई आफ्नो मुल मन्त्र बनाओस् भन्ने शुभकामना व्यक्त गर्दछु।

विशिष्ट अतिथि कोहलपुर  उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष चक्र अधिकारीले भने, “कोहलपुर एक व्यापारिक केन्द्र हो। यहाँका व्यवसायीहरू अब नयाँ सोच, नयाँ प्रविधि र ग्राहक केन्द्रित सेवाका साथ अघि बढिरहेका छन्। प्रवेश सुनार जस्तो उत्साही युवा व्यवसायीले यो व्यापार सुरु गर्नु कोहलपुरका लागि सुखद संकेत हो। स्थानीयस्तरमा लगानी गर्ने र रोजगारी सिर्जना गर्ने व्यवसायीहरूलाई सम्मान गर्नुपर्ने बेला आएको छ।

” अन्य अतिथिहरूको उपस्थिति कार्यक्रममा मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी सङ्घका अध्यक्ष मानबहादुर सुनार, कोहलपुर उद्योग वाणिज्य सङ्घका महासचिव दीपक भण्डारी, समाजसेवी तथा व्यवसायी मोहन चापागाईं, कोहलपुर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य गिरिधारी शर्मा, मध्ये तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी सङ्घका उपाध्यक्ष गोविन्द विश्वकर्मा लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन मध्य तथा सुदूरपश्चिम सुनचाँदी महासचिव देउसर सुनारले गरेका थिए भने समापन अध्यक्ष प्रवेश सुनारले गरेका थिए। ‘न्यु प्रवेश ज्वैलर्स’ को शुभारम्भसँगै स्थानीय बजारमा गुणस्तरीय र भरोसायोग्य सेवा प्रदान हुने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: बुधवार, बैशाख १७, २०८२, ११:११:००
प्रतिक्रिया दिनुहोस्