कोहलपुरमा ४० महिलालाई लक्षित गरी चुरा पोते सम्बन्धि सीपमूलक तथा उद्यमशीलता तालिम सम्पन्न।
स्थानीय
सल्यानको शारदा नगरपालिकाको प्रवक्ताको जिम्मेवारीमा वडाअध्यक्ष शर्मा
.jpeg)
सल्यान
सल्यानको शारदा नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडाअध्यक्ष राजेश कुमार शर्माले पाउनु भएको छ । सोमबार बसेको शारदा नगरपालिका नगरकार्यपालिकाको बैठकले शारदा नगरपालिका–११ का वडाअध्यक्ष शर्मालाई नगरपालिकाको प्रवक्ताको जिम्मेवारी दिएको हो । नगरप्रमुख प्रकाश भण्डारीले प्रचलित कानुनको परिधिमा रहि काम गर्नको लागि शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिनुभएको छ ।
यस्तै नगरपालिकाले विभिन्न विषयगत समितिहरु गठन गरेको छ । नगरपालिकाले गर्ने काम र सेवालाई प्रभावकारी र स्तरीय बनाउने लक्ष्यका साथ नगरपालिकाले आधा दर्जन बढी बिषयगत समिति गठन गरेको हो । जसमध्ये सुशासन तथा संस्थागत विकास समितिको संयोजकको जिम्मेवारी ५ नम्बरका वडाअध्यक्ष प्रदिप शाहीले पाउनुभएको छ ।
यस्तै आर्थिक विकास समितिको संयोजकमा १४ नम्बरका वडाअध्यक्ष प्रकाश पुन, सामाजिक विकास समितिको संयोजकमा ६ नम्बरका वडाअध्यक्ष भिकराज बुढाथोकी, पूर्वाधार विकास समितिको संयोजकमा १ नम्बरका वडाअध्यक्ष प्रदिप कुमार पाण्डे, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा ४ नम्बरका वडाअध्यक्ष किशोर कुमार हमाल र विधेयक समितिको संयोजकको जिम्मेवारी कार्यपालिका सदस्य प्राण कुमार राईले पाउनुभएको छ ।
यस्तै सुशासन तथा स्थानीय सेवा समितिको संयोजकमा २ नम्बरका वडाअध्यक्ष सविन हमाल, अर्थ तथा सार्वजनिक लेखा समितिको संयोजकमा १२ नम्बरका वडाअध्यक्ष सुरेन्द्र बुढा, सामाजिक समितिको संयोजकमा ३ नम्बरका वडाअध्यक्ष तुलसा भण्डारी, कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक श्रोत समितिको संयोजकमा १५ नम्बरका वडाअध्यक्ष लोकमान बुढाथोकी र विधायन समितिको संयोजकको जिम्मेवारी ९ नम्बरका वडाअध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले पाउनुभएको शारदा नगरपालिकाले जनाएको छ ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!