"दशैंको एकादशी: विष्णु र सिद्धिदात्रीको पूजामा भक्तजनको आस्था!
स्थानीय
कोहलपुरको श्री हिमालय मदरसा गरिब नवाज विद्यालयमा अभिभावक भेला, उत्कृष्ट विद्यार्थी पुरस्कृत!
कोहलपुर नगरपालिका वडा नं. ३ बेलनपुर, बाँकेस्थित श्री हिमालय मदरसा गरिब नवाज प्राथमिक विद्यालयमा आज शैक्षिक विकासको महत्त्वपूर्ण पक्षमा शिक्षक, अभिभावक, र विद्यार्थीहरूको सामूहिक उपस्थितिमा अभिभावक भेला सम्पन्न भएको छ।
विद्यालय र अभिभावकहरूबीचको सम्बन्ध सुदृढ गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा सहकार्य सुनिश्चित गर्नु आजको आबश्यक रहेको हो।
विद्यालयका शि. अ. स. का अध्यक्ष श्री आजम अली बेडुवाको अध्यक्षतामा आयोजित यस कार्यक्रमका प्रमुख अतिथि कोहलपुर वडा नं. ३ का अध्यक्ष माधब रिजालले कार्यक्रमको उद्घाटन गरेका थिए।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि रिजाले बालबालिकाको सफलतामा अभिभावक र शिक्षकको स्नेहपूर्ण भूमिका रहेको कुरा गहिरो शब्दमा व्यक्त गरेका छन। उनले थपे "यी बाबू- नानीहरूको आँखामा देखिएको सपनालाई साकार पार्न, हामी सबैले हातेमालो गर्नुपर्नेछ," उनीको स्वरमा आशा र विश्वास मिश्रित थियो।
विद्यालयका प्रधानाध्यापक, श्री राजेन्द्र के.सी.ले जसले विद्यालयको प्रगति र भावी योजनाहरूको विस्तृत विवरण प्रस्तुत गर्दै, उनीका शब्दहरूले उपस्थित सबैलाई भावुक बनाएको थियो। उनीले भने, "विद्यार्थीहरूको प्रगति केवल अंकमा मात्र होइन, उनीहरूको सुसंस्कार र जीवनप्रतिको दृष्टिकोणमा निहित हुन्छ।"
कार्यक्रमको अन्त्यतिर, शि. अ. स. का अध्यक्ष श्री आजम अली बेडुवाले अभिभावकहरूप्रति आभार प्रकट गर्दै भने, "तपाईंहरूको साथ र सहकार्यले मात्र हाम्रो विद्यालयका नानीबाबुहरूको भविष्य उज्यालो बन्नेछ।" अभिभावकहरूको सुमधुर उपस्थितिले यो कार्यक्रमलाई एक प्रेरणादायी अध्यायमा परिणत गर्यो। उपस्थित सबैजनाले शिक्षाको यात्रामा साथ दिने प्रतिबद्धता गर्दै विद्यालयको उज्ज्वल भविष्यको लागि आ-आफ्नो स्थानबाट योगदान पुर्याउने वाचा गर्दै कार्यक्रमको समापन गरेका थिए भने आजको कार्यक्रममा
सम्पूर्ण बिध्यार्थी ,अभिभावक, शिक्षक, शिक्षिका लगायतको बाक्लो उपस्थितमा कार्यक्रमका कुशल संचालक खडानन्द्र रपौडेलले गरेका हुन भने आजको उक्त कार्यक्रमलाई राधिका मल्ल शाहिले सहजीकरण गरेकी थिइन।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!