स्थानीय

नया बर्ष २०८१ को पावन अबसरमा कोहलपुरमा निशुल्क आँखा शिबिर ।

Samayapati

 नया बर्ष २०८१ को पावन अबसरमा कोहलपुर नगरपालिका ११ स्थित भेरि शित भण्डारमा निशुल्क आँखा शिबिर सम्पन्न गरिएको छ ।

मध्य तथा सुदुर पश्चिम सुनचांदी गहना ब्यबसायी संघको आयोजना, कौशिल्या अस्पताल प्रालिको प्राविधिक सहयोगमा सो शिबिर संचालन भएको हो । शिबिरमा १ सय ७० जनाले आँखाको उपचार सेवा निशुल्क रुपमा पाएको केन्द्रिय सदस्य देवीलाल सुनारले बताए । शिबिरमा कौशिल्या अस्पतालका दृष्टि रोग विशेषज्ञ डाक्टर निरज काफ्लेले चेकजाँच गरेका थिए । 



आँखा जाँच गराएका बिरामीमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने जस्ता समस्या देखा परेको थियो । सुनचांदी गहना ब्यबसायी सगै स्थानिय आम नागरिकहरुलाई स्थानिय स्तरमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले निशुल्क आँखा शिबिरको आयोजना गरिएको मध्य तथा सुदुर पश्चिम सुनचांदी गहना ब्यबसायी संघका अध्यक्ष मान बहादुर सुनारले बताए ।

  आँखा जाँच गराएका बिरामीहरुको लागि चस्माका लागि ३० प्रतिशत छुट र औषधीका लागि ५ प्रतिशत  छुटमा औषधी उपचारको ब्यबस्था गरिएको कौशिल्या अस्पताल प्रा लि का शंकर न्यौपानेले बताए ।


प्रकाशित मिति: बिहिवार, चैत्र २२, २०८०, ०४:३०:००
प्रतिक्रिया दिनुहोस्