स्थानीय

कृषक दिवस–१६ हप्ते आई पि एम कृषक पाठशाला कार्यक्रम कोहलपुर १० मा सम्पन्न ।

Samayapati

 आई पि एम कृषक पाठशाला अन्र्तगत कृषक दिवस कार्यक्रम कोहलपुर नगरपालिका वडा न १० मा सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिका नगर कृषि शाखाको आयोजना तथा कोहलपुर ६ रझेना आई पिएम एम कृषक पाठशाला र नहर महीला आई पि एक कृषक पाठशालाको सहआयोजना कृषक दिवस कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका आर्थिक बिकास समिति सयोजक अनिता बुढाथोकीले स्वस्थकर उत्पादनका लागि किसानहरु अग्रसर हुनुपर्नेमा जोड दिईन् । कोहलपुर नगरपालिकाले अघिल्लो बर्ष कोहलपुर नगरपालिका वडा न १५ र ४ मा आलु खेती र काउली खेतीको लागि आई पि एम कृषक पाठशाला कार्यक्रम सन्चालन गरेको र कार्यक्रमको प्रभाकारीता एकदमै राम्रो देखिएकाले यस बर्ष कोहलपुर १० र ६ मा आई पि एम कृषक पाठशाला कार्यक्रम सन्चालन गरिएको बताईन् ।

साथै कृषि क्षेत्रमा कोहलपुर नगरपालिकाले एकदमै न्युन बजेट बिनियोजन गरेको भन्ने किसानहरुको गुनासो धेरै आएकाले आगामी बर्ष देखि कृषि क्षेत्रको बिकासका लागि कोहलपुर नगरपालिकाले प्रयाप्त मात्रामा बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन् । कोहलपुर नगरपालिकाले कृषिका लागि १ करोड बजेट माग गरेको र प्रदेश सरकार बाट नगरको माम सम्बोधन नगरेकाले बजेट न्युन रहेको बताईन् । साथै आगामी दिनमा कृषकहरुका मागमा आधारित कार्यक्रमहरु बनाउने र बजेट निमार्ण गर्ने बताईन् ।


यस्तै कार्यक्रममा नगर कृषि शाखा प्रमुख चन्द्र बुढाले आई पि एक कृषक पाठशाला कार्यक्रम बारेमा प्रकाश पादै परम्परागत रुपमा खेती गदै आएका किसानहरुलाई आधुनिक तरिकाले कृषि सिकाउने उद्येश्यले सन्चालन गरिएको आई पि एक कृषक पाठशाला कार्यक्रम सन्चालन गरिएको बताए । परम्परागत तरिकाले कृषि गर्दा लागत र लाभको अनुपातलाई हेर्दा प्रतिफलमा कमि पाएको र उत्पादन गुणस्तर र परिणाम बनाउने उद्येश्यले पाठशाला कार्यक्रम सन्चालन गरिएको बताए ।

कोहलपुर नगरपालिका नगर कृषि शाखाको आर्थिक बर्ष २०८० र ८१ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत आई पि एम कृषक पाठशाला कार्यक्रम सन्चालन गरिएको र पाठशाला सन्चालन गरि कृषकहरुले सिकेका तथा गरेका क्रीयाकलापहरुलाई निरन्तरता दिन र वातावरणको बिग्रदो अबस्थालाई सुधार गरि खेतीमा प्रयोग गरिने रसायनिक बिषादीको बिकल्पमा आई पि एम पद्धती नै प्रमुख बिकल्पको रुपमा कृषकहरुलाई आई पि एम शुत्रमा आबद्ध गरि स्वस्थ उत्पादनमा कृषहरुलाई अग्रसर गर्ने उद्येश्यले आई पि एम पाठशाला कार्यक्रम सन्चालन हो । आई पि एम पाठशालामा सिकेको सिप तथा ज्ञानको प्रयोग गरेर कृषकहरुले १६ हप्तामा आलु र तरकारी उत्पादन गरेका थिए ।


१६ हप्ते आई पि एम कृषक पाठशालाको सहजिकरण चन्द्र बहादुर बुढा , यज्ञ रोकाय ,छत्र बहादुर खत्री र अजय पौडेलले गरेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक बिकास संयोजक ईश्वरी प्रशाद बिक ,कोहलपुर नगरपालिका वडा न १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का ,कोहलपुर नगरपालिका वडा न १० वडा अध्यक्ष गौरा भट्टराई , रझेना तरकारी उत्पादक सहकारी संस्थाका जयश्वरि पौडेल ,भेरि नागरिक कृषक समुहका अध्यक्ष मोहन रिजाल , प्रगतिशित कौशी खेती तथा करेसावारी समुहका गंगा पोखरेल ,अन्नपुर्ण च्याउ तथा तरकारी कृषक समुह सदस्य मोतिलाल खत्री लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सन्चालन नगर कृषि शाखाका यज्ञ रोकायले गरेका थिए ।


प्रकाशित मिति: शुक्रवार, चैत्र १६, २०८०, ०५:०४:००
प्रतिक्रिया दिनुहोस्