स्थानीय

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या ।

Samayapati

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
बर्दियाको बाँसगढी ४ घर भएका २२ बर्षिय अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको र चेकजांच गरी आइसियु भर्ना गर्दा उनको मृत्यु भएको चिकित्सकले घोषणा थिए ।

अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: मंगलबार, चैत्र १३, २०८०, ११:१३:००
प्रतिक्रिया दिनुहोस्