स्थानीय

कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता शाहीको खोजी गरिदै ।

Samayapati

कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज बिहानैदेखि खोजी शुरु भएको छ ।

होली खेलेर आएका १७ जना युवाले हिजो कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को गर्दै हाम फालेका थिए । तीमध्ये ३० वर्षका शाही बेपत्ता भएका छन् ।

हिजो बेलुका अबेरसम्म खोजी गरिएको तर नभेटिएपछि रोकिएको खोजी कार्य आज बिहानैदेखि शुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी पदम विष्टका अनुसार खोजीका लागि हिजो डुङ्गा र गोताखोर प्रयोग गरिएको थियो ।

युवाहरूले सामुहिक रुपमा हाम फालेको सामाजिक सञ्जालमा आएको भिडियोमा देखिन्छ ।


प्रकाशित मिति: मंगलबार, चैत्र १३, २०८०, ११:०९:००
प्रतिक्रिया दिनुहोस्