स्थानीय

जातीय विभेद घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह ।

Samayapati

जातीय विभेदका घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन एक कार्यक्रमका सहभागिहरुले सरकारसँग आग्रह गरेका छन् । दलित गैसस महासंघ डि एन एफ लुम्बीनी प्रदेशको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाको सहयोगमा आयोजना गरिएको कार्यक्रमका सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।

‘छुवाछुत तथा जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ’ भन्ने मूल नाराका साथ आज ५९ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस नेपालगन्जमा पनि मनाइएको छ । समाजमा घट्ने गरेका जातीय विभेद तथा छुवाछुतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तीनै तहका सरकारलाई एक ढिक्का भएर अगाडी बढनुपर्ने कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद आशा बिकले जानकारी बताउनुभयो । साथै समाजमा कायम रहेको विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन पनि राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था तथा नागरिकलाई समेत उहाले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद दुर्गा चौधरी ,श्रवण कुमार पोखरेल लगायतले आफ्नो भनाई राख्नुभएको थियो । दलित समुदायका व्यक्तिमाथि अझै पनि कुनै न कुनै रुपको विभेद भइरहेको अधिकारकर्मीहरुले बताउँदै आएका छन् । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । वि‍‍।सं।२०६२र६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ साल जेष्ठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् । अहिले जातीय छुवाछुत तथा भेदभाव कसूर र सजाय० ऐन २०६८ पनि लागू भएको छ । नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकका रूपमा राखिएको छ । जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी कायविधि, २०७३ पनि लागू भएको छ । तर यति धेरै कानुन बने पनि त्यसको कार्यान्वयन भने हुनै नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।

यस्तै कार्यक्रममा सयुक्त संघर्ष समिति समेत गठन गरिएको छ । कृष्ण बिकको संयोजकत्वमा ४७ सदस्यि कार्य समिति गठन गरिएको हो फ्रेडो बाँकेका अध्यक्ष निर्मला सुनारले बताउनुभयो । साथै कार्यक्रममा समाजमा योगदान पुर््याईरहेका दलित अगुवा संघ संस्थाका प्रतिनिधिहरु लाई समेत सम्मान गरिएको थियो । बाँकेमा रहेर पत्रकारिता गरिरहेका अग्रज पत्रकार हेमन्त बिक ,रुपा गहतराज ,कबिन्द्र परियार रहेका छन् ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रङ्गभेदविरुद्ध प्रदर्शन दबाउन खोज्दा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको ज्यान गएको थियो । यस विषयमा विश्वभर आवाज उठेपछि संयुक्त राष्ट्र सङ्घबाट सन् १९६५ मार्च २१ मा सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जारी भएको थियो । यसै सन्दर्भमा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको रूपमा मनाउन शुरु गरिएको हो । नेपालमा पनि छुवाछुत तथा जातीय भेदभावविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउँएको छ ।


प्रकाशित मिति: बिहिवार, चैत्र ८, २०८०, ०६:४२:००
प्रतिक्रिया दिनुहोस्