स्थानीय

कोहलपुर टेक्निकल कलेज KTC द्वारा SEE उर्तिर्ण विद्यार्थिहरुका लागी फेरवेल कार्यक्रम सम्पन्न ।

Samayapati

कोहलपुर टेक्निकल कलेज KTC ले फेरवेल कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमका बिच SEE परिक्षामा उर्तिण भएका बिधिर्थीहरुलाई बिधाई तथा शुभकामना स्वरुप फेरवेल कार्यक्रम गरीएको हो ।

कार्यक्रमकी प्रमुख अतिथी तथा कोहलपुर नगरपालिकाकी नगर प्रमुख संगिता सुबेदीले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी संगिता सुबेदीले SEE परिक्षामा उत्तिर्ण भएका विद्यार्थिहरुलाई उच्च शिक्षामा अध्ययनको लागी मार्गर्दशन गर्ने बाटो भएकोले SEE मा  उर्तिर्ण  हुने सम्पूर्ण  बिधार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी शुभकामना प्रर्दान गर्नुभएको थियो । विद्यालयका प्रबन्धक निर्देशक श्याम सिंहको सभापतित्वमा भएको कार्यक्रममा बिभिन्न किसिमका संस्कृतिक कार्यक्रम संगै एकल तथा युगल नृत्य प्रतियोगिता सन्चालन गरीएको थियो ।

कार्यक्रममा ज्ञान ज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक विनोद लम्सालले सहभागी विद्यार्थिहरुलाई विज्ञान, व्यवस्थापन्, शिक्षा, कानून लगायत  प्राबिधिक शिक्षामा पढ्न चाहाने विद्यार्थिहरुलाई पनि आफु र आफ्नो विद्यालयले स्वागत गरेकोे पनि बताउनु भएँको छ साथै विज्ञान बिषयमा पढ्ने चाहाने विद्यार्थिहरुलाई आफ्नो विद्यालयको तर्फबाट सौलियत रहेको पनि बताउनु भयो।  उक्त कार्यक्रमको सहजीकरण राम सेबक मौर्यले गर्नु भएँको थियो भने सो कार्यक्रममा शिक्षक   बिधार्थी,बुद्धिजिबी पत्रकार लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिवार, श्रावण १४, २०७९, ०५:५०:००
प्रतिक्रिया दिनुहोस्