स्थानीय

कोहलपुर नगर कृषि शाखा द्धारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई ड्रम वितरण ।

Samayapati

कोहलपुर नगरपालिकाका १५ वटै वडाका कृषकहरुलाई ड्रम वितरण गरिएको छ । कोहलपुर नगर कृषि शाखाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई च्याउ खेतीको लागि प्रयोग हुने ड्रम, अदान ,र जाली बितरण गरेको हो । कोहलपुर नगरक्षेत्र भित्र रहेर च्याउ खेती गरिरहेका करिब ३० जना कृषकहरुलाई ड्रम बितरण गरिएको नगर कृषि शाखा प्रमुख चन्द्र बहादुर बुढाले बताउनुभयो । च्याउ उत्पादन गर्ने किसानहरुलाई सहयोग पुर्याउने उद्येश्यले च्याउ उत्पादनका लागि प्रयोग गरिने सामाग्रीहरु कृषकहरुलाई बितरण गरिएको र यस्ले कृषकहरुलाई च्याउ उत्पादनमा थप हौसला मिल्ने बुढाले बताउनुभयो । यस्तै उक्त ड्रम बितरण कार्यक्रममा बोल्दै कोहलपुर नगर कृषि शाखा अधिकृत कल्पना नेपालीलले किसानहरुको घर दैलो मै पुगेर च्याउ उत्पादन सम्बिन्ध बिभिन्न परामर्श तथा सल्लाह दिने गरेको बताउनुभयो । पछिल्ल्लो समय कोहलपुर क्षेत्रका च्याउ उत्पादनको पकट क्षेत्र बन्दै गएको छ । कोलपुर नगर क्षेत्रका किशानले उत्पादन गरेको च्याउ बर्दिया , दाड. सम्म पुग्ने गरेको छ ।

 


प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८, ०४:१३:००
प्रतिक्रिया दिनुहोस्