स्थानीय

बाँकेको कोहलपुरमा संघर्ष रोज सेनेटरी उद्योग सञ्चालनमा .....

Samayapati

बाँकेको कोहलपुरमा संघर्ष रोज सेनेटरी उद्योग उद्घाटन गरिएको छ । संघर्ष दलित महीला बचत तथा श्रण सहकारी संस्था लि ले प्याड उद्योग नै स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको हो । महीलाहरुको स्वास्थ्य र सुरक्षाका लागि गुणस्तरिय सेनेटरी प्याड आफुहरुले सन्चालन गरेको संघर्ष दलित महीला बचत तथा श्रण सहकारी संस्था लि प्रबन्र्धक तुल्सी सुनारले बताउनुभयो । करिव १८ लाख रुपैयाँ बराबरको लागतमा उद्योग सञ्चालन गरेको सुनारले बताउनुभयो । आफुहरुले उत्पादन गरेको बाँकेका बिभिन्न बिद्यलायहरुमा पठाउने र अन्य छिमेकि जिल्लाहरुमा समेत समेत निर्यात गर्ने उहाको भनाइ छ । सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका बिभिन्न सहरहरूका साथै भारतबाट निर्यात गरिएका प्याडभन्दा संघर्ष दलित महीला बचत तथा श्रण सहकारी संस्था लि ले उत्पादन गरेको प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको बताउनुभयो । महिलाहरूले महिनावारी भएको बेला रुमाल, कपडा प्रयोग गर्नाले विभिन्न संक्रमण देखा पर्ने भएकाले आफुहरुले उत्पादन गरेको प्याड महीलाहरुको स्वास्थ्यका लागि सुरक्षित रहेको उहाले बताउनुभयो । आज मंगलबार सेनेटरी प्याड उद्योगको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नगरपालिका क्षेत्र भित्र रहेका सम्पुर्ण बिद्यालयहरुमा नि ःशुल्क प्याडको ब्यबस्था गर्नुपर्ने बताउनुभयो । महिनावारी भएको समयमा कतिपय छात्राहरू विद्यालयमा समेत नआउने गरेको बताउँदै सेनेटरी प्याडको व्यवस्था गरेमा छात्राहरू पनि नियमित विद्यालयमा आउने र पठन–पाठनमा पनि सुधार आउने उहाले बताउनुभयो । उद्घाटन कार्यक्रममा शत्रमा कोहलपुर नगरपालिका वडा न १ का वडा अध्यक्ष गोपी खनाल , कोहलपुर नगरपालिका वडा वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा , कोहलपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष माधन रिजाल , दलित सेवा संघका केन्न्द्रिय अध्यक्ष इश्वरी प्रशाद बिक , रेडियो प्रतिबोध एफ एमका स्टेसन म्याजेर हेमन्त बिक , कार्यपालिका सदस्य दयाराम बिक , गिता सुनार लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधवार, श्रावण ६, २०७८, ०९:१९:००
प्रतिक्रिया दिनुहोस्