राष्ट्रिय

आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने गगन थापाको घोषणा ।

Samayapati

नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा आज सोमवार भएको कार्यक्रममा नेता थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै तयारीमा लागिसकेको समेत जानकारी दिनुभयो ।आफूले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेको स्मरण गर्दै थापाले गौरवका साथ आउँदो महाधिवेशनमा पनि उम्मेदवारी दिने घोषणा गर्नुभयो । उहाँले आफू सकभर सर्वसम्मत उम्मेदवार हुने कोसिसमा रहेको र सर्वसम्मत हुन नसके प्रतिस्पर्धाका लागि पनि तयार भएको बताउनुभयो ।यसअघि १३ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका थापा डाक्टर शशाङ्क कोइरालासँग पराजित हुनुभएको थियो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिरको ९ गतेदेखि काठमाण्डौमा हुँदैछ ।


प्रकाशित मिति: सोमवार, भदौ १४, २०७८, ०२:५८:००
प्रतिक्रिया दिनुहोस्