राष्ट्रिय

पैगम्बर मोहम्मदको जन्मदिनमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा ।

Samayapati

मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले हिजो एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको हो ।

०७९ चैत ९ गते बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।


प्रकाशित मिति: बिहिवार, आश्विन ११, २०८०, ११:३३:००
प्रतिक्रिया दिनुहोस्