राष्ट्रिय

आफ्ना सबै जमातिहरुलाई आरडिटी परिक्षण गर्न र गराउन मुस्लिम संघको अपिल

Samayapati

समयपाटिडटकम 

प्रकाशित मिति २०७७/१/११ बिहीबार 

        काठमाडौ -- मुस्लिम संघ नेपालले ताब्लिकी जमातिहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परिक्षण गराउन अपिल गरेको छ । जमातिहरुका कारण कोरोना संक्रमण फैलिएको हो भन्ने भएपछि मुस्लिम संघ नेपालले यो अबधारण ल्याएको हो ।

         संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका सम्पुर्ण जमातिहरुलाई जुन जिल्ला हुनुहुन्छ त्यही परिक्षण गरि आफुहरुसबै स्वस्थ र कोरोना मुक्त प्रमाणपत्र लिन अध्यक्ष सतारले सबैमा ध्यानाकर्षण गराउनु भयो। लाब्लिकि जमातिहरु कोरोना संक्रमण फैलाउने समुह नभएको र बजारमा भएको हल्लाको पछि नलागि बिशुद्ध धार्मिक कार्यक्रम भएकोले उनीहरुको जमात भएको जानकारी गराउनु भएकोछ। उनिहरुलाई छुनै नहुने , उनिहरु हिडेको बाटो हिड्नै नहुने ?  भन्ने धारणा गलत भएको साबित गर्नु भएकोछ।

        कोरोनाले कुनै जात, धर्म, बर्ग, सानो, ठुलो कोहि नभन्ने भएको हुदा बरु सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गरौ सामाजिक दुरिलाई कायम राखी सुरक्षित र सभ्य नागरिक बन्न पनि सबैमा सुझाव दिनुभएकोछ।

         अध्यक्ष सतारले सदाको झै यो सालमा पनि सामुहिक ``नमाज पढ्ने र रोजा गर्ने´´ प्रचलन परापुर्बकाल देखि रहदै आएकोले यो बर्ष एकै ठाउमा भेला भएर गर्नु भन्दा आफ्ना जमातिहरुलाई घरमा सामाजिक दुरी कायम गरेर सबै स्वच्छ र सुरक्षित रहि पढ्न आग्रह समेत गर्नुभएकोछ।


प्रकाशित मिति: बिहिवार, बैशाख ११, २०७७, ०२:१०:००
प्रतिक्रिया दिनुहोस्