राष्ट्रिय

पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ बढ्यो ।

Samayapati

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ।


प्रकाशित मिति: सोमवार, असार ६, २०७९, ११:३८:००
प्रतिक्रिया दिनुहोस्