नयाँ वर्ष २०८१ को अवसरमा सास्कृतिक कार्यक्रम गर्दै ः बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर।
राष्ट्रिय
ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण ।
ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए । सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ । शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् । ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मापसे गरेको समूहले आक्रमण गरेको बताए । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!