स्थानीय

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ७ जनाको शव फेला , १९ जना बेपत्ता ।

Samayapati

भदौ २८

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ७ जनाको शव फेला परेको छ । वडा नं ७ को दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ७ जनामध्ये दुई जनाको परिचय खुलेको छ । अरुको शव पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।पहिरोमा अझै १९ जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । सभामुख अग्नि सापकोटाले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।बिहान काठमाण्डौबाट स्थलमार्ग हुँदै उहाँ पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको हो ।


प्रकाशित मिति: आइतवार, भदौ २८, २०७७, १२:०५:००
प्रतिक्रिया दिनुहोस्