स्थानीय

सिन्धुपाल्चोक पहिरोमा पुरिएका ७ जनाको शव भेटियो, ३१ जनाको खोजी हुँदै ।

Samayapati

साउन ३०

जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परि हराएकामध्ये सात जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।पहिरोमा परि घाइते भएका पाँच जनाको उद्धार छ । घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाण्डौ पठाइएको महर्जनले बताउनुभयो । पहिरोले ३७ घरमा क्षति पुगेको छ ।

 


प्रकाशित मिति: शुक्रवार, श्रावण ३०, २०७७, ०३:३७:००
प्रतिक्रिया दिनुहोस्