स्थानीय

बाँकेका राजस्व कर अधिकृतलाई कोरोना संक्रमित

Samayapati

समयपाटी संबाददाता

श्रावण ११ आइतबार २०७७

नेपालगन्ज आन्तरिक  राजस्व कार्यालयका कर  अधिकृतलाई कोरोना संक्रमण देखिएको छ।

राजस्व कार्यालयका कर अधिकृतलाई नै कोरोना देखिए पछि आइतबार एक दिनका लागि आन्तरिक राजश्व कार्यालय बाँके का सम्पुर्ण सेवा बन्द गरिएको छ।  कार्यालयले एक सूचना जारी गर्दै आईतबार सबै सेवा बन्द रहने जनाएको छ।

कार्यालयमा रहेका सम्पुर्ण कर्मचारीलाई क्वारेन्टाईनमा राखिनुका साथै । आज नै  उनीहरु सबैको पिसिआर परीक्षण गरिने भएको छ । शनिवार गरिएको परिक्षणममा त्यस कार्यालयका कर अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित मिति: आइतवार, श्रावण ११, २०७७, ०१:२१:००
प्रतिक्रिया दिनुहोस्