स्थानीय

कृषि पेशालाई व्यावसायिक रुपमा अँगाल्ने सफल कृषक तारा बहादुर रावत ।

Samayapati


बैजनाथ गाउँपालिका–२ का तारा बहादुर रावत आफैले लगानी गरेर कृषि पेशालाई व्यावसायिक रुपमा अँगाल्ने सफल कृषक हुन् । ५० हजार को लगानी बाट ब्यावसायिक रुपमा तरकारी खेती सुरु गरेका तारा बहादुर रावत बैजनाथ गाउँपालिका कै सफल कृषक हुन् । बैजनाथ गाउपालिका वडा नम्बर दुई दक्षिण लदौरामा दश कठ्ठा जग्गामा पचास हजारको लगानीबाट तरकारी खेती लगाउन सुरु गरेका ताराले अहिले चालीस कठ्ठा जग्गामा सिजण्टा क्म्पनिको वाइभी सेभेन नामको बोडि मात्र लगाएका छन् । बोडी बाट राम्रो आम्दानी हुने र एक पटक लगाएको बोडी ३ पटक सम्म फल्ने तारा बताउछन् । अहीले उनले दैनिक रुपमा १० देखि १५ कुईन्टल सम्म तरकारी विक्री गर्छन् ।

उनले आफैले सिचाइको लागि दुई ठाउँमा समरसेल बोडिङ्ग समेत गाडेका छन् । रावतले एक सिजनमा खर्च कटाएर ६ लाख बचत गर्ने गरेका छन् । तरकारी खेती बाटै भएको आम्दानी बाट उनले ४ कठ्ठा नम्बरी जग्गा समेत जोडेका छन् । कुनै समय बेरोजगार युवाका रुपमा भौतिरिहेको तारा बहादुर रावतले यसरी अरु पनि रोजगार दिन्छु होला भनेर सोचेका पनि थिएनन् । अहीले उनको खेतमा दैनिक रुपमा १२ देखि १४ जना सम्म युवा युवा युवतीहरुलाई रोजगार समेत दिएका छन् ।

श्रीमती दिलमाया रावतको साथ सहयोग र मेहनतले आफु ब्यबसायिक रुपमा सफल कृषक हुन सफल भएको तारा बहादुर रावत बताउछन् । आफुहरु जस्ता युवाहरुलाई ब्यबसायिक रुपमा कृषि पेशामा आर्कर्षित गर्नका लागि स्थानिय सरकारले बिभिन्न खाले कृषि अनुदानका कार्यक्रमहरु स्नचालन गर्नुपर्ने रावत बताउछन् । दुख गर्न सक्नेले नेपालमै पनि राम्रो आम्दानी गर्न सक्छ भन्ने उनको बिश्वास छ ।
तारा भन्छ्न हिम्मत र आत्मबिश्वासका साथ काम गर्यो भने एक दिन सफलता हासिल गर्न सकीन्छ भन्नेमा उनी बिश्वास गर्छन् ।

केही गर्छु भन्ने कृषकको लागि स्थानिय तहबाट पनि केही सहयोग हुनुपर्छ र सहि कृषक पहिचान गरि कृषक लक्षित कार्यक्रमहरु गर्ने कागजी किसानलाई अनुदान दिने तर सत्यतथ्य नबुझी अनुदान दिदा असली किसान मर्कामा परेको गुनासो उनले गरे । उनले आफुलाई भने स्थानीय तह बैजनाथ गाउँपालिकाबाट प्राविधिक सहयोग बारम्बार पाइरहेको बताएका छन् । आफुले गरेको खेती हेर्न गाउँपालिकाका कर्मचारीहरु आउँदा आफुलाई खुसी र प्रेरणा मिल्ने गरेको उनी बताउछन् ।

 


प्रकाशित मिति: बिहिवार, श्रावण २६, २०७९, ०४:५७:००
प्रतिक्रिया दिनुहोस्