स्थानीय

जनप्रतिनिधि संग युवा बिषयक अन्र्तक्रीया कार्यक्रम कोहलपुरमा सम्पन्न ।

Samayapati


  अन्तराष्ट्रिय युवा दिवस को अबसरमा जनप्रतिनिधि संग युवा बिषयक अन्र्तक्रीया कार्यक्रम कोहलपुरमा सम्पन्न गरिएको छ । समाज सुधार कार्यक्रम संस्थाको आयोजना तथा कोहलपुर नगरपालिका को सहयोगमा अन्र्तक्रीया कार्यक्रम सम्पन्न गरिएको हो । उक्त अन्र्तक्रीया कार्यक्रममा सहभागिहरुले युवामैत्री नीति निर्माण र रोजगारी सहितको वातावरण सिर्जना गर्न स्थानिय सरकार अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । सहभागिहरुले युवा समाज परिवर्तनका संवाहक भएकाले उनीहरुको उच्च शिक्षा , रोजगार लगायतका क्षेत्रमा स्थानिय सकारले बिभिन्न निति तथा कार्यक्रमहरु बनाई त्यसको कार्यन्यवन गर्न तर्फ जोड दिनुपर्ने बताएका थिए ।

    कार्यक्रम बोल्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले नगर क्षेत्रमा रहेका युवाका लागि कोहलपुर नगरपालिका संवेदनशील र नगरले युवाहरुका लागि बिभिन्न निति तथा कार्यक्रमहरु बनाएर अगाडि बढिरहेको बताए । युवाहरुको सिप बिकास तथा युवाहरुलाई स्वरोजगार बनाउने उद्येश्यले रोगार बैक समेत सन्चालन गरिएको प्रमुख आचार्यले बताए ।  कार्यक्रममा कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, राष्ट्रिय युवा परिषद बाँके अध्यक्ष खेमराज शर्माले अन्तरक्रियामा उठेका विषयहरुमा आप्mनो धारणा राखेका थिए । नगरस्तरीय युवा क्लब सञ्जाल अध्यक्ष रमेश वडको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा आयोजक संस्थाका सचिव शंकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: बिहिवार, श्रावण २६, २०७९, ०२:१४:००
प्रतिक्रिया दिनुहोस्