स्थानीय

 कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई सम्पन्न ।

Samayapati

   कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई । नगर सभाहलमा सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा बासको सहजीकरणमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा पारदर्शीता र जवाफदेहिताका विषयमा स्थानिय आम नागरिकहरुले सवाल उठाएका थिए । नगरपालिकाले युवा स्वरोजगार , कृषि क्षेत्रको बिकास तथा प्रबद्र्धन, खानेपानी , ढल निकास ,महीलाहरुको सिप बिकास तथा महीला स्वरोजगार , योजनाहरुको अनुगमण नगरपालिकाले कसरी गरिरहेकोे छ  लगायतका बिषयमा ध्यान दिनुपर्नेमा कार्यक्रममा सहभागिहरुले जोड दिएका थए । यस्तै स्थानिय आम नागरिकहरुबाट आएका गुनासा तथा सवालहरुलाई कोहलपुर नगर प्रमुख पुर्ण प्रशाद आचार्य , उपप्रमुख संगिता सुबेदी , प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल , लगायत १५ वटै वडाका वडा अध्यक्षहरुले सम्बोधन गरेका थए ।

 

 


प्रकाशित मिति: बिहिवार, असार २३, २०७९, ०५:२३:००
प्रतिक्रिया दिनुहोस्