स्थानीय

बाँकेमा कर्तब्य ज्यान र जबरजस्ती करणीका अभियुक्त पक्राउ ।

Samayapati

कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दामा फरार प्रतिवादीहरूलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस–९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाटलाई प्रहरीले पक्राउ गरेको हो ।

अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते भएपछि २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसैगरी जोहरू भाटसमेत २ जनाले २०७० भदौ ७ गते दिउँसो बाँके साविक सोनपुर गाविस–२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जवरजस्ती करणी गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो भने जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको थियो ।

सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: बिहिवार, असार २३, २०७९, ०४:४७:००
प्रतिक्रिया दिनुहोस्