स्थानीय

जुम्लामा चट्याङ लागेर एक युवकको ज्यान गयो ।

Samayapati

   जुम्लामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ ।  हिजो चट्याङ लागेर जुम्लाको तिला गाउँपालिका(९ का १८ वर्षका प्रेम बुढाको ज्यान गएको हो ।  पानी परेका बेला ओत लाग्न रुखमुनि बसेका उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो।  उहाँले घटनास्थल तिला गाउँपालिकाको रारालिहीबाट टाढा रहेको र टेलिफोन नलागेका कारण घटनाबारे थप जानकारी आउन बाँकी रहेको बताउनु भएको छ ।

 


प्रकाशित मिति: बिहिवार, असार २३, २०७९, १२:१२:००
प्रतिक्रिया दिनुहोस्