स्थानीय

बैजनाथ १ मा एमालेका उमेदवार मल्ल विजयी ।

Samayapati

बैजनाथ गाउँपालिका वडा न १ को वडा अध्यक्ष मा एमाले उम्मेदवार रूप बहादुर मल्ल विजयी भएका छन। मल्लले नेपाली कांग्रेसका उम्मेदवार कपिल जंग शाहलाई २१ मतको अन्तरले पराजित गरेका हुन । बैजनाथ १मा कुल ३ हजार ८ सय ३९ मत खसेको थियो । मल्लले कुल १हजार ४ सय ४५ मत प्राप्त गरेका थिए । त्यसै गरि कांग्रेस उम्मेदवार शाहले एक हजार २४ मत प्राप्त गरेका थिए । सदस्यहरूमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ ।


प्रकाशित मिति: आइतवार, जेठ १, २०७९, ०६:११:००
प्रतिक्रिया दिनुहोस्