स्थानीय

त्रिवेणी १ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी ।

Samayapati

रुकुम पश्चिमको एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको प्यान नै विजयी भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको प्यानल विजयी भएको हो । नेकपा माओवादी केन्द्रका लक्ष्मण ओलीलाई १ सय ६० मतान्तरले पराजित गर्दै ओली विजयी हनुभएको हो । उहाँले ५ सय ७७ मत प्राप्त गर्नुभयो । वडामा कुल १ हजार १ सय १४ मत खसेको थियो ।
प्रतिद्वन्दि लक्ष्मण ओलीले ४ सय १७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका मुस्कान ओलीले जम्मा ४४ मत मात्र प्राप्त गर्नुभयो । वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन, पूर्णबहादुर बुढा विजयी भएका छन् ।

स्वतन्त्रबाट लडेका अध्यक्ष सहित सबै सदस्य नेकपा माओवादी केन्द्र निकटका हुन् । टिकट नपाएपछि ओलीले प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

वडा नम्बर १ को मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडी छन् । अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणशेकुमार केसीले ५ सय ८८ मत ल्याउदा नेपाली कांग्रेसका अमरसिंह खड्काले २ सय ३० र नेकपा एमालेका चोपलाल खड्काले १५ मत ल्याउनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजकुमारी रेउलेले ५ सय ८५ मत प्राप्त गर्दा कांग्रेसकी सृष्टी बाँठामगरले २ सय ३२ र एमालेकी धनकला बिष्टले १५ मत ल्याउनुभएको छ ।


प्रकाशित मिति: शनिवार, बैशाख ३१, २०७९, ०६:३५:००
प्रतिक्रिया दिनुहोस्