स्थानीय

काठमाण्डौमा बालेन शाहको अग्रता कायमै ।

Samayapati

काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ । काठमाण्डौ महानगरको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको छ ।

अहिलेसम्म ९ सय ३२ मत गन्दा बालेन शाहले २ सय ९८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका केशव स्थापितले २ सय ७८ मतसहित पछ्याइ रहनुभएको छ ।

गठबन्धनतर्फ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ६८ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ४१ र विवकेशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले २ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ४ सय ९० मत प्राप्त गर्दै अघि रहनुभएको छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६६, राप्रपाकी विनिता मगैयाले ८० मत प्राप्त गर्नुभएको छ ।काठमाण्डौमा बालेन शाहको अग्रता कायमै । 


प्रकाशित मिति: शनिवार, बैशाख ३१, २०७९, ०६:२५:००
प्रतिक्रिया दिनुहोस्