स्थानीय

कोहलपुर नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक ।

Samayapati

बाँकेको कोहलपुर नगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृत तिर्थराज भटटका अनुसार पहिलो २०० मतको मतपरिणाम सार्वजनिक गरिएको हो। मतपरिणाम अनुसार नगरप्रमुखमा गठबन्धन सहीतको माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्यौपाने अगाडि देखिएका छन्। कोहलपुर नगरपालिका वडा नं। १ को २०० मतगणना गर्दा नगरप्रमुखमा न्यौपानेको १४०, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालको ३०, नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यको १७, जनमोर्चाका उम्मेद्वारको २ र राप्रपाका उम्मेद्वार प्रदिप शाह तथा स्वतन्त्र उम्मेद्वार देवानन्द अर्यालको समान १÷१ मत आएको छ।  त्यस्तै नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीका उम्मेद्वार नारायणी वलीको ७१, नेकपा एमालेका अस्मिता चौधरीको ४५, नेपाली काँग्रेसका सङ्गिता सुवेदीको ३५, राप्रपाका उम्मेद्वारको ३ र जनमोर्चाका उम्मेद्वारको २ मत प्राप्त भएको छ।


प्रकाशित मिति: शनिवार, बैशाख ३१, २०७९, ०६:१७:००
प्रतिक्रिया दिनुहोस्