स्थानीय

लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत एक दिने अभिमुखिकरण कार्यक्रम बैजनाथमा सम्पन्न ।

Samayapati

घरै बाट शुरु गरौ , महीला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत बैजनाथ गाउँपालिका वडा न ४ मा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । बैजनाथ गाउँपलिकाको आयोजना तथा दलित महीला संग फेडो सम्वन्यमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका वडा न ४ का वडा सचिब काली बहादुर सिहले महीला हिंसा अन्त्यको सुरुवात आफ्नो घर बाट गर्नुपर्ने बताउनुभयो । घरपरिवार सगै समाज तथा समुदायको बिकासमा महीलाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले पुरुषहरुले महीलाहरुलाई हरेक काममा सहयोग गर्न समेत आग्रह गर्नुभयो । यस्तै उक्त अभिमुखिकरण कार्यक्रममा बोल्दै दलित महीला संघ फेडोका अध्यक्ष निर्मला सुनारले सभ्य समाज निमार्ण तथा समाज रुपान्तरणको जिम्मेवारी महीलाको काधमा रहेकाले महीलाहरु हरेक क्षेत्रमा अग्रसर हुनुपर्ने बताउनुभयो । एक महीलाले अर्को महीलालाई हिंसा गर्न हुदैन भन्दै सबै महीलाले प्रतिबद्धता गर्न समेत आग्रह गर्नुभयो । महिला हिंसा विरुद्धको हिंसा संरचनागत विभेदको परिणाम भएकाले यस विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको भन्दै लैंगिक समानता, महिलाको आफ्नो शरिरमाथिको निर्णय र गतिशीलताको अधिकार सुनिश्चित नभएसम्म महिलाहरू स्वतन्त्र र मर्यादित जीवन यापन गर्न पाउने अधिकारबाट वञ्चित हुने भएकाले आफ्नो अधिकारका लागि महीलाहरु अग्रसर हुनुपर्ने बताउनुभयो । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान डिसेम्बेर २५ देखि नोभेम्बर १० सम्म बिभिन्न कार्यक्रमहरु गरेर मनाईदै आइएको छ । कार्यक्रममा महीला हिंसाका प्रकार तथा कानुनी उपचारका बारेमा अधिबक्ता सुनिता शर्माले अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य गुमान बहादुर दमाई , मेघ बहादुर सुनार बाल कृष्ण आचार्य लगायत करिब २०० भन्दा बढि महीलाहरुको सहभागिता रहेको थियो ।

 

 

 

 


प्रकाशित मिति: बुधवार, मंसिर १५, २०७८, ०२:५९:००
प्रतिक्रिया दिनुहोस्