स्थानीय

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टबारे सरकारको तयारी ।

Samayapati

अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनुभएको हो ।

उहाँले नेपालमा कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले र भर्खरै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी देशबाट नेपाल आउनेहरूलाई अन अनराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी देशबाट यात्रु नल्याउन विभिन्न एअरलाइन्सलाई निर्देशन दिइसकेको बताउनुभयो

प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकी अफ्रिकी देशमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकाले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताउनुभयो । उहाँले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताउनुभयो ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘हामी पूर्णरूपमा सुरक्षित भइसकेको अवस्था होइन । विभिन्न किसिमको भाइरसको सङ्क्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले फेरि ओमिक्रोन भन्ने भाइरसको सङ्क्रमण अफ्रिकी देशबाट आएको छ भन्ने कुरा सुनिएको छ । अहिले सतर्कता अपनाउँदै अफ्रिकी देशबाट आउने नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरौँ भनेर अध्यागमन कार्यालय र २२र२३ वटा कति एअरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था छ । यसबारेमा सीसीएमसीमा पनि छलफल भइरहेको छ । जे कुरा आउँछ, त्यहीअनुसार हामी प्राविधिक सल्लाहअनुसार कार्यान्वयन पक्षमा कडा रूपमा जान्छौँ ।’

उहाँले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताउनुभयो । प्रवक्ता पोखरेलले नेपाल भित्रिने नाकामा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरूलाई जाँच गर्न र नजिकको स्वास्थ्य चौकी पुर्‍याउन निर्देशन दिएको बताउनुभयो ।

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा कोरोना भाइरसको नयाँ भेरियन्ट बी।१।१।५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । यो नयाँ भेरियन्ट अत्यधिक मात्रामा म्युटेशन ९उत्परिवर्तन० हुने भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले थप चुनौती बढेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ ।


प्रकाशित मिति: सोमवार, मंसिर १३, २०७८, ०४:५४:००
प्रतिक्रिया दिनुहोस्