स्थानीय

दशौ महाधिवेशनबाट एमालेमा बाँकेका सुर्य ढकाल सहीत ५ जना केन्द्रीय सदस्य चयन ।

Samayapati

चितवनको सौराहमा जारी नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटीमा बाँकेबाट ५ जना चयन भएका छन् । निवर्तमान केन्द्रीय कमिटीका सदस्य मोहम्मद हारुन, महिला नेतृ शान्ति ढकाल र दिपा शर्मा, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल र पशुपति दयाल मिश्र एमालेको केन्द्रीय कमिटीमा चयन भएका हुन ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार राती ३०१ सदस्यीय केन्द्रीय कमिटीको बन्दसत्रमा घोषणा गरेका थिए ।  विद्यार्थी र युवा संघको राजनीति हुँदै एमालेमा सक्रिय ढकाल, पुस ५ पछि नेकपा एमाले बाँकेको अध्यक्षको भुमिकामा रहेका थिए । हाल प्रदेश कमिटी सदस्य रहेका ढकाल सक्रिय युवा नेताको रुपमा परिचित छन । उनी अध्यक्ष रहेको बेलामा पार्टीलाई चलयमान राख्न विभिन्न गतिविधि सञ्चालन गरेका थिए ।


प्रकाशित मिति: सोमवार, मंसिर १३, २०७८, ०४:३६:००
प्रतिक्रिया दिनुहोस्