स्थानीय

३० करोड लागतमा कोहलपुरमा सन्चालित होटल म्याक्सले नाइट क्लब सञ्चालन गर्ने ।

Samayapati

३० करोड लागतमा कोहलपुरमा सन्चालित होटल म्याक्सले नाइट क्लब सञ्चालन गर्ने भएको छ । बाँकेको कोहलपुर क्षेत्रमा अत्याधुनिक सेवासहित सञ्चालनमा आएको होटल म्याक्सले चाडै नाइट क्लब सञ्चालन गर्ने भएको हो । सर्वसाधारण तथा आन्तरिक पर्यटकहरुको आबश्यकतालाई ध्यानमा राख्दै चाडै नै गुणस्तरीय सेवाका साथ नाइट क्लब सन्चालन गर्ने होटलका म्यानेजर माधव सुबेदीले बाताए । होटलमा अहिले पाँच प्रकारका ५० वटा गुणस्तरीय कोठा सहितको सेवा सुचारु भएको र स्थानिय युवाहरुको मनोरन्जनका लागि स्विमिङ्ग पुल, ४ सय व्यक्ति क्षमताका २ वटा ठुला हलहरु समेत रहेको सुबेदीले बताए । होटल म्याक्सका प्रबन्धक जावेद अक्तरले नाइट क्लब सञ्चालका लागि सबै तयारी पुरा भइसकेको र केही प्रशानिक काम अन्तिम प्रक्रियामा रहेकाले चाडै नाइट क्लब सञ्चालन गर्ने सुरक्षाका सम्पुर्ण मापदण्डहरु आफुहरुले पुरा गरिसको समेत बताए ।

 


प्रकाशित मिति: सोमवार, कार्तिक ८, २०७८, ०३:४७:००
प्रतिक्रिया दिनुहोस्