स्थानीय

दुई दिने पशुपालन उधमशीलता सम्बन्धि तालिम बाँकेको कोहलपुरमा सम्पन ।।

Samayapati

दुई दिने पशुपालन उधमशीलता सम्बन्धि तालिम बाँकेको कोहलपुरमा सम्पन भएको छ । कृषकहरुलाई पशुपालन केन्द्रित गरी उधमशील बनाउनका लागी हिजो देखी सुरु भएको तालिमको आज एक कार्यक्रमका बिच कोहलपुर १४ हवलदारपुरमा सम्पन्न गरीएको हो ।कार्यक्रमका प्रमुख अतिथी एंव सहकर्मी समाजका कार्यक्रम संयोजक घनश्याम आचार्यले समापन कार्यक्रममा बोल्दै कुनैपनि कृषकले सफल उधमशिल कृषक बन्नका लागी क्राईट एरीया छनौट गनुपर्ने बताउनुभयो ।

यस्तै उहाले कृषकहरुलाई अनुदानको पछि नलागी सक्दो प्रयासमा आफनै लगानिमा ब्यबसाय सन्चालन गरी उधमशीलता बन्न सुझाब दिनुका साथै आफुले सञ्चालन गरेको उधाशिलताबाट भाबी पुस्तालाई काम सानो ठुलोका आधारमा नहुने प्रेरणा प्रदान गर्न दिगो रुपमा पशुपालन गरी उधमशीलतातिर लाग्न आग्रह गर्नुभयो । संगै उहाँले अनुदान स्बरुप सन्चालन गरीएका कुनैपनि उधमी सफल नभएकोले सकारात्मक सोच, दृध बिश्वास तथा लगनशिलभई पशुपालन अन्र्तगतको कुनै एक पशु ब्यबसाय अंगालन सुझाब दिनुभयो । यस्तै तालिमबाट बन्चित भएका कृषक जो उधमशील पशुपालन गर्न चाहन्छ उनिहरुलाई अन्तक्रिया कार्यक्रम मार्फत राज्य संग जोडने तथा अनुभब आदान प्रदान गरी स्रोत उपलब्धताका लागी र ब्यबसायीलाई अगाडि बढाउन आफु लगायट त्रिबेणी सेवा समाजले सहयोग गर्ने पनि कार्यक्रमका प्रमुख अतिथी घनश्याम आचार्यले बताउनुभयो । दुई दिने पशुपालन उधमशीलता सम्बन्धि तालिमका प्रशिक्षक जानकी गाउँपालिकाका पशु स्वास्थ्य अधिकृत दिल बहादुर खड्का र रामशुरत यादबले कृषकहरुमाझ आधुनिक सफल कषक बन्ने उपाए, पशु स्वास्थ्य र उपचार, गोठ तथा मलमुत्र ब्यबस्थान लगायट बिषयमा प्रशिक्षण गर्नुभएको थियो । त्रिबेणी बिकास समाजका कार्यक्रम संयोजक पतिराम थारुको ब्यबस्थापनमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका १ देखी १५ वटै वडाका २४ पशुपालक कृषकहरुको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, आश्विन ५, २०७८, ०८:१४:००
प्रतिक्रिया दिनुहोस्