स्थानीय

लागुऔषध र नगदसहित एक व्यक्ति पक्राउ ।

Samayapati

सुर्खेत प्रहरीले लागु औषध ९ब्राउन सुगर० र नेपाली तथा भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं।–११ पिपिरा बस्ने बर्ष ४२ को लिलाराम पुरी रहेका छन् । उनलाई आफ्नो घर अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी शरीर चेक जाँच गर्दा दाँया हातको मुठ्ठी भित्र सेतो प्लाष्टिकमा निलो धागोले बेरी लुकाई छिपाई राखेको २ पुडिया ला।औ।९ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनको घरकोठा समेत खान तलासी गर्दा खाटमा रहेको बिस्तरा मुनी पनि कालो प्लाष्टिको १ पोका, सेतो झिलझिलेको १ पोका फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । सबै नापतौल गर्दा १ ग्राम १८० मि।ग्रा। लागु औषध ९ब्राउन सुगर० र बिभिन्न दरका नेपाली तथा भारतिय नोट गरी ५० हजार ३४० रुपैयाँ जफत गरिएको उनले बताए ।


प्रकाशित मिति: बुधवार, असार ३०, २०७८, १२:०३:००
प्रतिक्रिया दिनुहोस्