स्थानीय

मोबाइल पड्किँदा अछाममा एक किशोरीको ज्यान गयो ?

Samayapati

चैत्र १०

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार अछामको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर ज्यान गएको हो । मृतक नाथ स्थानीय कुन्ती माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत्र १०, २०७७, ११:४७:००
प्रतिक्रिया दिनुहोस्