अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप ।

Samayapati

फागुन १७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड १९ बाट मुक्त बनाऔं ।’  भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड १९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गरेका छन् ।


प्रकाशित मिति: सोमवार, फाल्गुन १७, २०७७, ०४:०७:००
प्रतिक्रिया दिनुहोस्