मनोरन्जन

चुनाव आउनबित्तिकै नोटको हल्ला भो (गजल्)

Samayapati

चुनावी गजल✍️ कर्ण शिह दैलेख 

 

चुनाव आउनबित्तिकै नोटको हल्ला भो

र नेताको दिमाग बिस्फोटको हल्ला भो

       भोटका निम्ति लडे रे सहोदर भाई पनि

        त्यसपछि छरछिमेकमा चोटको हल्ला भो

भोट माग्न गाका नेता र नेत्रीले मस्ती गरे रे

अनि फेरि पाईन्ट र पेटीकोटको हल्ला भो

          तल्लोगाउँमा पाटीको ग्याङ्गफाईट चल्यो रे

          र ...फेरि झरेका दाँत र ओठको हल्ला भो 

                 

                             🙏

 


प्रकाशित मिति: आइतवार, बैशाख २५, २०७९, ०२:१८:००
प्रतिक्रिया दिनुहोस्