मनोरन्जन

हरायको मेरो मान्छे देख्नु भयो भने कतै ।  (गजल)

Samayapati

         हुम कुमारी थारु  कोहलपुर बाँके

 

   हरायको मेरो मान्छे देख्नु भयो भने कतै ।  

     मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै।।  

 

खोज्नु होला शहरको भिडहरु छिचोलेर ।

हरायको मेरो मान्छे देख्नु भयो भने कतै ।।

   

     पुरानो माया भनी बाटो छेक्नु भयोभने कतै।

     साहित्य को अनुरागी सायद उनी आउन सक्छन ।।

 

सारङ्गिको तारहरु रेट्नु भयो भने कतै।

जसरिनी उनको घरमा यो खबर दिनु होला ।।  

 

       कोहलपुर मा पाइलाहरु टेक्नु भयो भने कतै। 

      शहरिया स्वाभावको घमण्ड हो भन्नू होला।।

 

रेडियोमा बिज्ञापन लेख्नु भयो भने कतै।।

मलाई खबर गर्नु होला भेट्नु भयो भने कतै।

 


प्रकाशित मिति: शुक्रवार, बैशाख २३, २०७९, ११:३१:००
प्रतिक्रिया दिनुहोस्