मनोरन्जन

नेताहरु महलमा मस्त निदाईरहेका बेला ! (गजल्)

Samayapati

कर्ण शिह दैलेख

🇳🇵🇳🇵गजल🇳🇵

मेरा दुश्मन भनेकै आँखा र कान रहेछन् !

देखेसुनेका सबै कुरा झुठा बयान रहेछन् !!

 

कसिङ्गर पस्दा पनि दुख्ने आँखाभित्र !

ठुला-ठुला आँधीबेहरी र तुफान रहेछन् !!

 

अदालतमा पनि नाराबाजी पो देख्छु म !

नाराबाजी गर्नेहरु कसका जहान रहेछन् !!

 

नेताहरु महलमा मस्त निदाईरहेका बेला !

यता छटपटिने बाढीपिडित किसान रहेछन् !!

 

देश र जनताको मात्र चिन्ता गरिरहनुहुन्छ !

यो देशका नेता साँच्चिकै भगवान रहेछन् !!

      🇳🇵🇳🇵हस् त नमस्ते 🇳🇵🇳🇵


प्रकाशित मिति: सोमवार, मंसिर ६, २०७८, ०४:१४:००
प्रतिक्रिया दिनुहोस्