मनोरन्जन

जे नहुनु थियो त्यहीं भई दियो मलाई आखिरिमा ! (गजल)

Samayapati

सजन कुमार आर.सी.जाजरकोट कुसे ९ पैक              

हाल कोहलपुर बाँके / पेशा पत्रकारिता 

 

हिजो अस्ति तँ मेरी भई उ हाई - हाई गरेर !

आज अर्कैकी भई उ किन बाई - बाई गरेर !!

 

        चिल्लो कार र हिराको हार तँ किन्न सकिन !  

       दुई हातका दश नङ्गाले दुःख गरी कमाई गरेर !!

 

कसरी अनि के गरी  तिर्ने होला ? हे ! भगवान !

उसको मायाको हिसाब-किताब पाई-पाई गरेर !!  

 

     खरलेको छानोले बारेको मेरो त्यो सानो झुपडिमा !  

     रमाउ खुसिले भनेकै हु मैले सम्झाई-बुझाई गरेर !! 

 

जे नहुनु थियो त्यहीं भई दियो मलाई आखिरिमा !

ठीकै छ बिर्सेर गई  मलाई धुमधामले बिदाइ गरेर् !! 


प्रकाशित मिति: शनिवार, कार्तिक २७, २०७८, ०९:०४:००
प्रतिक्रिया दिनुहोस्