मनोरन्जन

झुठा रहेछन् मान्छेहरु र झुठा रहेछन् कसम पनि ! ( गजल )

Samayapati

      कर्ण  शिह भगवती माई - ४ दैलेख     

              (दैलेखि कर्ण पत्थर )

             🇳🇵🇳🇵गजल🇳🇵🇳🇵

तिमीसँग प्रेम गरेर जुन दिन दिल खरानी भयो !

हो त्यहि दिनदेखि मेरो रक्सी पिउने बानी भयो !!

 

झुठा रहेछन् मान्छेहरु र झुठा रहेछन् कसम पनि !

र त झुठा कारोबार गर्नेहरुको मात्रै आम्दानी भयो !!

 

एउटा नेता थियोे पिडितलाई राहत दिनुपर्छ भन्ने !

बेईमानको पछि लागेर त्यो नेता नि बेईमानी भयो !!

 

तिमीसँग खाएका कतिपय बाचा पुरा गर्न सकिनँ !

पशु होईन मान्छे हुँ म पनि र त आत्मग्लानी भयो !!

 

ज्युँदाको जन्ती मर्दाको मलामी हुनुपर्छ रे मान्छेले !

अब यस्तै यस्तै सोच्नु तिम्रो र मेरो चिनाजानी भयो !!

            🇳🇵🇳🇵हस् त नमस्ते 🇳🇵🇳🇵


प्रकाशित मिति: शनिवार, कार्तिक ६, २०७८, ०९:०३:००
प्रतिक्रिया दिनुहोस्