मनोरन्जन

गरीवले घरमा एक छाक खान नपाउदै गयो दशैँ !! (गजल्)

Samayapati

इन्द्र रोकाय जाजरकोट

            गजल

कसैलाई हसाउँदै कसैलाई रुवाउँदै गयो दशैँ !

      पेटभरि भोक आँखामा आँसु चुहाउँदै गयो दशैँ !!

पोहोर पराल झै  यो सालको दशैँमा भएन रमाइलो कत्ति पनि !

      सारा मनका सपनाहरु लाई पुरै तुवाउँदै गयो दशैँ !!

एकातिर आए को महामारी कोराना ले सताउँदा !

       कालको डरले थरथर रहरहरु कुहाउँदै गयो दशैँ !!

धनीको घर आँगन मा झिलीमिली देखिए पनि !

       गरीवले घरमा एक छाक खान नपाउदै गयो दशैँ !!

न त मनमा खुसी देखिन्छ न त ओठामा हासो देखिन्छ !

       सबैको मुहारमा आँसु ले टीलपिल गराउँदै गयो दशैँ !!


प्रकाशित मिति: शनिवार, आश्विन ३०, २०७८, १०:४७:००
प्रतिक्रिया दिनुहोस्