मनोरन्जन

किन मनाउ  गणतन्त्र दिवश म ??? (गजल)

Samayapati

    तप्तराज आचार्य - बाँके 

 

    तिम्रो घाँटी निमुठिएकाे त्यो बेला !

टाउकाेमा घन प्रहार गरिएकाे बेला !!

     हातखुट्टा काटेर गिड मात्र राखेकाे बेला !

कसरी मनाउ म गणतन्त्र दिवश !!

    तिम्रो आगमनकाे लागि टाउकाे फुटाउने जनता

अक्सिजन नपाई अस्पतालमा छटपटाईरहेकाे बेला

   उपचार गर्ने वेड नपाएर पलास्टिकमा लास बेरेकाे बेला

आलिस महलमा बस्ने केही शासककाे लागि मात्र

       किन मनाउ  गणतन्त्र दिवश म ???


प्रकाशित मिति: आइतवार, जेठ १६, २०७८, ०८:२२:००
प्रतिक्रिया दिनुहोस्